काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप टी २० क्रिकेटमा नेपालले यूएईलाई १२० रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले ४० बल खेल्दै सर्वाधिक ५० रन बनाए ।
गुलसन झाले २० रन बनाए । उनले १६ बलमा एक छक्का र एक चौका प्रहार गरे । यस्तै, करण केसीले टोलीको खातामा १७ रन थप्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनरहरूले रन बनाउन नसक्दा कप्तान रोहित पौडेल तेस्रो विकेटमा फर्किए । तेस्रो नम्बरमा क्रिजमा पुगेका रोहितले १८ बलमा पाँच रन बनाए ।
उनलाई यूएईका बलर अली नासिरले विकेट किपर सैयद हैदरद्वारा क्याच आउट गराएका थिए ।
कप्तान पौडेल आउट भएसँगै क्रिजमा पुगेका कुशल मल्ल पनि आउट भए । उनले पाँच बलमा तीन रन बनाएर फर्किएका हुन् ।
नेपालले अतिरिक्त रुपमा ६ रन पायो । यूएईका बलर जुनैद सिद्दकी, अली नासिर र बासिल हमिदले दुई-दुई विकेट लिए ।