दशैं अगाबै नागढुंगा सुरुङमार्गको प्राविधिक परिक्षण हुने, यात्रु बसका लागि खोलिँदै

0 Shares

काठमाडौं । दशैं अगाबै नागढुंगा सुरुङमार्गको परिक्षण सञ्चालन हुने भएको छ ।

आयोजनाको सम्पूर्ण काम सम्पन्न भइसकेको र परिक्षणका रुपमा दशैंको ३/४ दिन अघिदेखि नै काठमाडौंबाट बाहिरिने यात्रु बसहरुलाई खोल्ने योजना छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, सुरुङमार्ग आयोजनाका सम्पूर्ण कामहरु लगभग सकिएका छन् । ‘नागढुंगा सुरुङमार्ग छिट्टै खुल्ने गरी छलफल भइरहेको छ । दशैंभन्दा ३ देखि ४ दिन अगाडि नै बाहिरिने यात्रु बसहरूका लागि मात्र खोल्ने योजना छ।’

उनकाअनुसार, सुरुङमार्गको परिक्षण गर्न ठेकेदार, परामर्शदाता र सुरक्षा अधिकारीहरूसँग छलफल भइरहेको छ ।

सम्बन्धित समाचार