सानिमा बैंकले लाभांश घोषणा गर्यो

0 Shares

काठमाडौं । सानिमा बैंकको २०८२ आश्विन ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको हालको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ ।

कुल ७.३६८५ प्रतिशत नगद (कर सहित) लाभांशमा १ अर्ब ७ लाख रुपैंया ५४ हजार ७००.१५ बराबरको वितरण हुने बैंकले जनाएको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरूलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।

सम्बन्धित समाचार