काठमाडौं । हरेक राजनीतिक आन्दोलन वा संघर्षमा नेतृत्व गर्न पार्टी वा कुनै नेताले नेतृत्व गरेको हुन्छ । पार्टी र नेतृत्वले मुलुकलाई कता लैजाने दिशा निर्देश गरेपछि जनता सोही बाटोमा हिँड्छन् ।
नेपालको २००७ सालदेखि २०३६ साल, २०४७ साल हुँदै पछिल्लो २०६२/२०६३ सालको जनआन्दोलनमा पार्टीकै नेताहरुले नेतृत्व गरे । दश वर्षे माओवादी जनयुद्ध हुँदै जनआन्दोलनमा रुपान्तरण हुँदा सात राजनीतिक दल र माओवादी सम्मेलित भई जनआन्दोलनको उभारबाट परिवर्तन सम्भव भएको हो ।
तर, पछिल्लो सन् १९९७ देखि २०१२ सालसम्म जन्मेका जेनजी पुस्ताले थालेको आन्दोलनमा मानवीय र भौतिक रुपमा ठूलो क्षति भयो । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार ७४ जनाले ज्यान गुमाए । सयौँ घाइते अस्पतालमा उपचारत छन् । कतिपय जेनजी आन्दोलनकारी अस्पतालको अतिसघन उपचार कक्षमा जीवन र मृत्युसँग पौठेजोरी खेलिरहेका छन् ।
काठमाडौंमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुन्धान आयोगसहित व्यवस्थापिका, कार्यपालिका, न्यापालिकाका सबै संरचना जलेर खरानी भए । जेनजी आन्दोलनबाट प्रदेश र स्थानीय तहका अधिकांश भवनमा आगलागी भई ध्वस्त हुनुका साथै हजारौँको संख्यामा सवारी साधन जलेर नष्ट भए भएका छन् ।
भदौ २३ र २४ गते भएको यति ठूलो आन्दोलनको उभार ल्याउने जेनजी आन्दोलनमा कुन पार्टी र नेता थियो भन्ने एकीन हुन सकेको छैन । पुराना पार्टी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीप्रति जनतामा आक्रोश थियो भन्नेमा दुई मत छैन । जनता भ्रष्टाचार, अनियमितता, घुसखोरी, ढिला सुस्तीले जनता आजित थिए भन्नेमा सबै सहमत देखिन्छन् । तर, राजनीतिभन्दा पर भएको जेनजी पुस्तालाई सडकमा ल्याएर यति धेरै मानवीय र भौतिक क्षति गराउने पार्टी र नेतृत्व को हो रु भन्नेबारे खोजी हुन थालेको छ ।
जेनजी आन्दोलन गर्न सुरक्षासहित प्रदर्शन क्षेत्रका माग गर्न प्रशासनलाई जानकारी गराउन मिरोज ढुंगानासहित जेनजी टोलीले पत्र लेखेर आग्रह गरेको थियो । जेनजी आन्दोलन सकिएपछि उक्त टोली गुपचुप बसेको छ । कहाँ छ मिरोज ढुंगानाको टोली भनेर सामाजिक सञ्जालमा खोजी भइरहेको छ । उनले सामाजिक सञ्जालबाट नेता हुन आन्दोलन नगरेको भन्दै आफ्नो मिसन व्यापार व्यवसाय भएकाले उतैतिर लाग्ने जवाफ दिएपछि सबै चुनावचुप भएका छन् ।
त्यसपछि हामी नेपाल नामक सस्थाका सुदन गुरुङ नेतृत्वको टोली फ्रन्टमा देखिएको छ । गुरुङ नेतृत्वको संस्था फ्रि चिब्बत मुभमेन्टलाई समर्थन गर्ने दलाई लामाद्वारा फन्डेड भएको भन्दै कतिपय आलोचना गर्न थालेका छ ।
यस्तै गुरुङ नेतृत्वको टोलीले जेनजी आन्दोलनका बेला प्रदर्शनको नेतृत्वभन्दा पानी खुवाउन सडकमा नेतृत्व गरेको बताउन थालेका छन् । सामाजिक सञ्जालमा कतिपय जेनजी आन्दोलन गुरुङले हाइज्याक गरेको भन्दै टिप्पणी गर्न अझै छोडेका छैनन् ।
यति ठूलो संघर्षबाट पार्टी र नेता स्थापित भई सक्नुपर्ने कतिपयले विश्लेषण गर्न थालेका छन् । पुराना नेतालाई खबरदारी गर्न जेनजी नेतृत्वको पार्टी फ्रन्टमा देखा पर्ने हो । अहिलेसम्म कुनै पार्टी र नेताले जेनजी आन्दोलनको स्वामित्व लिएको छैन ।
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले जेनजी आन्दोलनअघि उचालेर आन्दोलित गराउन भूमिका खेलेका थिए । जेनजी आन्दोलनको दिन सामाजिक सञ्जालबाट लेखेर सक्रियता देखाएका थिए । संसद विघटन गरेर राष्ट्रपतिसँग वार्ता नगरेर सीधै प्रधानसेनापति अशोकराज सिग्देलसँग जेनजीले वार्ता गर्नुपर्ने मत राखेका थिए ।
भदौ २७ गते जनेजीबाट पूर्वप्रधानन्यायधीस सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनसम्म लागेका बालेन पछिल्लो समय गुपचुपकै अवस्थामा छन् । जेनजी आन्दोलनका बारेमा खास्सै समर्थन वा विरोध कुनै गरेका छैनन् । बालेन पार्टी बनाएर चुनावमा प्रकट हुने कतिपय टिकाटिप्पणी गर्न थालेका छन् ।
पछिल्लो समय पुराना दल कांग्रेस, एमाले, माओवादी नेताहरु जेनजी आन्दोलन लागेकालाई कारबाही हुनुपर्ने बताउन थालेका छन् । उल्टै जेनजीको नाममा देश खरानी बनाएको भन्दै उनीहरुले आलोचना गर्न थालेका छन् । जेनजी आन्दोलनबाट स्पष्ट दृष्टिकोण सहित पार्टी र नेता खारिएर नदेखिएपछि जलेर खरानी भएका संरचनाका बारेमा जनताले गाली गर्न थालेका छन् ।
पुराना दलका नेताहरु आफूहरु शक्तिमा आए जेनजीबाट भएको क्षतिबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने, महानगर मेयर साहसहित राजावादी दुर्गा प्रसाईका बारेमा खोजी गरेर कारबाही गर्नु पर्ने बताउन थालेका छन् । जेनजी आन्दोलनबाट ठुलो धनजनको क्षति भएकैले कुनै पार्टी वा नेता प्रकट नभएको हुन सक्ने कतिपयको बुझाइ छ ।