शेखर कोइरालाले भने– कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुकिन्छ

0 Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता जनाएका छन् । शनिबार विराटनगरस्थित कोइराला निवासको जलेको भवनहरूको निरीक्षण र अनुगमन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेता कोइरालाले भने, ‘यो एउटा इतिहास जलाइएको छ । यो घटनाको विषयमा बिस्तारै पर्दाफास हुन्छ । लोकतन्त्रको बिगुल फुकिएको कोइराला निवासबाटै पुनः लोकतन्त्रको बिगुल फुक्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा कोइराला निवासमा पनि आगजनी गरिएको थियो ।

 

सम्बन्धित समाचार