नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

0 Shares

चितवन । नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति ११ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा सुक्खा पहिरो जाँदा सडक पूर्ण अवरुद्ध भएको थियो ।

अवरुद्ध सडकको पहिरो पन्छाइ राति ११ः५५ बजदेखि एकतर्फी सवारी सञ्चालनमा ल्याएकोमा आज बिहान ७ः१५ बजेदेखि भने दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

उनका अनुसार पहिरोसँगै खसेको ढुंगाले लागेर ना६ख १५२२ नम्बरको बसको अगाडि सिसामा क्षति पुगेको छ ।

सम्बन्धित समाचार