हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण

0 Shares

काठमाडौं । हिमालयन बैंक लिमिटेडको चाबहिल-२ शाखा स्थानान्तरण भएको छ । बैंकले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल-२ शाखालाई एनएल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं-२, बालुवाटारमा स्थानान्तरण गरेको हो।

उक्त शाखाले आज (असोज २ गते) देखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा उक्त शाखाको शुभारम्भ गरेका हुन् ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम, ८ हजार भन्दा बढी पिएसओ टर्मिनल्स र १५, हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार