मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांश दिने, १३.५३% बोनस सेयर

0 Shares

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूका लागि कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समिति बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र यो लाभांश सेयरधनीहरूलाई वितरण हुनेछ ।

सम्बन्धित समाचार