0
Shares
काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनका कारण नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको भवनमा आगजनी हुँदा ठूलो नोक्सान भएको छ।
समितिको भवनलगायत विभिन्न कार्यालय सामाग्रीमा तोडफोडपछि आगजनी गरेको हुँदा अनुमानित २१ लाख बराबरको भौतिक क्षति भएको समितिका अध्यक्ष कुलप्रसाद रजौरेले जानकारी दिए।

समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खानेपानी जस्तो आम जनसरोकारसँग सम्बन्धित सामाजिक संस्थामा आगजनी गरी कार्यालयका सामाग्री नष्ट गर्ने विषयमा आफैमा खेदजनक लज्जास्पद र सामाजिक संस्थाप्रतिको ठाडो प्रहार रहेको ठहर छ।’
दुई दिनसम्म चलेको जेनजीको आन्दोलनका क्रममा देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित देशभरको सरकारी र ठूला निजी कार्यालयमा आगजनी भएको थियो ।
