0
Shares
काठमाडौं । देशभित्रै सुविधा सम्पन्न विश्वविद्यालय, कलेज तथा आवश्यक शैक्षिक संस्था भए पनि अध्ययनका लागि विदेशिने क्रम घट्नुको साटो बढ्दै गएको छ ।
पछिल्लो एक महिनाको अवधिमा मात्रै अध्ययनका लागि १४ अर्ब ३१ करोड बराबरको रकम विदेशिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार शिक्षातर्फको व्यय गत वर्षको तुलनामा थोरै कम छ । चालु आवको पहिलो महिनामा अध्यनयका लागि १४ अर्ब ३१ करोड व्यय भएकामा गत आवको सोही अवधिमा १४ अर्ब ९६ करोड थियो ।
चालु आवको पहिलो महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव आठ प्रतिशतले कमी आई २१ अर्ब ७० करोड पुगेको छ । यस्तै, अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २२ अर्ब ३२ करोड रहेको थियो ।