काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की चोर बाटो बाटै प्रधानमन्त्री भएकोमा बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै किराँतीले जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्न भ्रष्टाचार छानबिन गर्न उच्च स्तरीय न्यायिक छानबिन गठन हुनुपर्ने बताएका हुन् ।
जेनजी आन्दोलनमा नरसंहार र विध्वंसका बारेमा छानबिन गर्न अर्को आयोग गठन हुनुपर्ने किराँतीले माग गरे ।
‘चोर बाटोबाटै भए पनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ति हुनु भएकोमा बधाई छ । अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ । साथै यो आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंस बारे छानबिन गर्न अर्को उच्च स्तरीय न्यायिक आयोग पनि गठन हुनुपर्छ’ उनले भने, “तर गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी यी चार खम्बे चरित्र भएको संविधानले दलित, महिला, जनजाति, मधेसी र मुस्लिम आदी समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएको यसलाई तलमाथि नगरियोस् यदि तलमाथि गर्नु भयो भने फेरि परिणाम गम्भीर हुनेछ ।’