0
Shares
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।
देशका पहाडी भागका केही तथा तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।