0
Shares
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको मन्त्रिपरिषदमा काठमाडौंका महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल कानुन मन्त्री बन्ने निश्चित भएका छन् ।
अर्याल पछिल्लो पटक प्रधानसेनापति र राष्ट्रपतिसँग वार्तामा समेत बसेका थिए । उनी अधिवक्तासमेत हुन् ।
यस्तै विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ऊर्जा मन्त्री बन्ने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको कार्यकाल बाँकी रहँदै निकालिएका थिए ।
यस्तै, जेनजीका प्रतिनिधि भनिएका सुदन गुरुङ पनि भावी मन्त्री बन्ने चर्चा रहेको छ ।