निजामती अस्पतालमा थप तीन जनाको मृत्यु

0 Shares

काठमाडौं । निजामती अस्पतालमा थप तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालले दिएको जानकारीअनुसार विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि अस्पताल ल्याइएका थिए ।

जसमध्ये उपचारका क्रममा तीन जनाको मृत्यु भएको रेग्मीले जानकारी दिए । दुई जना घाइतेलाई थप उपचारका लागि अन्य अस्पताल रिफर गरिएको छ ।

यसअघि कालीमाटीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको थियो । सोमबारको प्रदर्शनमा देशभरि गरेर कुल १९ जना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार