0
Shares
काठमाडौं। जेनजी आन्दोलनका ‘खलनायक’ प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोट निवास प्रदर्शनकारीले घेरेका छन्।
बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी घर आन्दोलनकारीको टार्गेटमा परेको हो। सोमबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका निहत्था १९ युवामाथि प्रधानमन्त्री ओलीको प्रत्यक्ष निर्देशनमा गोली हानिएपछि आक्रोशित समूह बालकोट निवास भत्काउन हिँडेको हो।
ओलीभक्त सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुरमा रहेको घर तोडफोड भइसकेको छ।
यस्तै, प्रतिपक्ष दल पुष्पकमल दाहाल निवासमा ढुंगामुढा भइरहेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवास घेराउ गर्न आन्दोलनकारी भेला भएका छन्।