सिटिजन्स बैंकको लिडरसिप फर ट्रास्फर्मेसन कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘लिडरसिप फर ट्रास्फर्मेसन इन् लुम्बिनी : अ सेमिनार अन् ड्राइभिङ्ग पर्फरमेन्स एण्ड रिजनल एक्शिलेन्स’ कार्यक्रम आयोजना गरेको छ ।

सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीका उपस्थितिमा सम्पन्न भएको छ । सेमिनारमा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकतामा छलफल गर्दै केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा अन्तरक्रिया भएको छ । हालै अन्य प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप लुम्बिनी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको छ ।

‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ , फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ नामक नयाँ उत्पादन सुरु गरेको छ ।

साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यू आर स्क्यान गरी नगद प्राप्त गर्न सकिने ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार