सिटिजन लाइफकाे खुद बीमा शुल्क २२ प्रतिशतले वृद्धि, इपीएस कति ?

0 Shares

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आव चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सिटिजन लाइफकाे गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार कम्पनीले ७ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको हाे ।

जुन अघिल्लो आवको तुलनामा २२.०९ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्ष खुद बीमा शुल्क ५ अर्ब ८४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

गत आव कम्पनीकाे कुल बीमा काेष ७ अर्ब ५४ काराेड रहेकाे छ भने अघिल्लाे आवमा ६ अर्ब २१ कराेड रहेकाे थियाे । गत आव सिटिजन लाइफकाे जीवन बीमा कोष १९ अर्ब ८५ करोड पुगेको छ भने अघिल्ले आवमा १४ अर्ब २८ करोड रुपैयाँ रहेको थियो ।

गत आव कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ८.५० रुपैयाँमा रहेको छ भने प्रतिसेयर आम्दानी १४८.७१ रुपैयाँ रहेको छ । गत आव कम्पनीको कुल आम्दानी ९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने कुल खर्च ८ अर्ब ७७ करोड रुपैयाँ रहेको छ ।

गत आव कम्पनीले खुद नाफा ४२ करोड ५० लाख कमाएको छ । जुन अघिल्ले आवको तुलनामा १.१६ प्रतिशले गिरावट हो । कम्पनीले अघिल्ले आव ४३ कारोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पूँजी  ५ अर्ब रुपैयाँ रहेकाे छ भने  कम्पनीको सेयर प्रिमियम ४४ करोड ९६ लाख रुपैयाँ रहेकाे छ ।  गत आव कम्मपनीकाे महाविपत्ति कोषमा २१ करोड ७९ लाख रुपैयाँ रहेकाे छ भने  जगेडा कोषमा १ अर्ब ३ करोड रुपैयाँ रहेकाे छ।

सम्बन्धित समाचार