काठमाडौं । विश्वकै अस्वस्थ खाना कुन हो ? भन्नबारे अनुसन्धान गरी अमेरिकी आहारविद्हरूले सबैभन्दा अस्वस्थकर खाने कुराको फोरेन्सिक अध्ययन गरेका छन् ।
यी फरेन्सिक अध्ययनको आधारमा उनीहरूले सयभन्दा धेरै खानेकुराको सूची तयार गरेका छन् । यसमा धेरै यस्ता खाने कुरा छन् जुन तपाई हामीलाई पहिलेदेखि नै थाहा छ ।
धेरै खाने कुराको नाम सुनेर चाहिँ तपाई छक्क पर्न हुनेछ । आइसक्रिम, आलुको चिप्स, क्रिस्प, कुकिज आदि हानिकारक हुन्छन् भन्ने कुरा सामान्यतया सबैलाई थाहा छ । किनकि यसमा धेरै क्यालोरी र अस्वस्थकर चिल्लो हुन्छ ।
तर, अमेरिकी आहारविद्हरूले तयार पारेको यो सूचीमा यस्ता धेरै नामहरू छन्, जसले सबैलाई अचम्म बनाउने गर्दछ । यस्ता छन् ती अस्वस्थ खाने कुराहरूः
बाउलोन क्यूब्स
यो खाना मासु र हरियो तरकारीबाट तयार पारिएको हुन्छ । यो खाने कुरा प्रशोधन गरेर बनाइन्छ । यो सुख्खा हुन्छ । यसलाई धेरै दिनसम्म प्रयोग गर्न सकिन्छ । यो स्टक क्यूबमा धेरै किसिमका केमिकल मिसिएको हुनाले यो निकै अस्वास्थ्यकर रहेको पोषणविद्हरु जनाएको छ ।
यसमा पाम आयल, कारमेल कलरलगायत ६ रसायन प्रयोग गरिन्छ । जसले कोलेस्ट्रोल धेरै बढाउँछ । हार्वर्ड मेडिकल स्कुलले गरेको एक अनुसन्धानमा यसले मुटुको रोग निम्त्याउन सक्ने छ ।
माइक्रोवेभमा पाकेको खाना
मकैलाई माइक्रोवेभ वा कुकरमा हालेपछि यो तुरुन्तै फुल्छ । यस्तो खालको मकैमा केही केमिकल मिसाइएका हुन्छ । हामीले बाहिर खाने यस्ता मकैमा पाम आयल र सोडियमको अत्यधिक मात्रा पनि प्रयोग गरिएको हुन्छ ।
जसले गर्दा उच्च रक्तचाप र हृदयाघातजस्ता समस्या निम्त्याउँछ । त्यसैले यसको सट्टा घरमा भुटेको शुद्ध मकै वा आगोमा पकाएको मकै अति राम्रो हुनेछ ।
प्लास्टिक बोतलको पानी
यो सुनेर हामी धेरैलाई अचम्म लाग्न सक्छ । लगभग हरेक व्यक्तिले प्लास्टिक बोतलबाट पानी पिउने गरेका छौँ । कोलम्बिया युनिभर्सिटीले गरेको अनुसन्धानले प्लाष्टिकको बोतलमा बिस्फेनोल ए नामक निकै हानिकारक रसायन पाइन्छ ।
प्लास्टिकको बोतल तताउँदा बिस्फेनोल बाहिर निस्कन थाल्छ । यस प्रकारको पानी पिउँदा प्रजनन क्षमता कमजोर हुन्छ । यस्तै, बालबालिकाको व्यवहारमा परिवर्तन आउन थाल्छ । यति मात्र होइन, उच्च रक्तचाप, मधुमेह र मुटुसम्बन्धी रोगको जोखिम पनि बढ्छ ।
सोडा
डाइट सोडा राम्रो कुरा हो भन्ने विश्वास लाग्न सक्छ । तर, डाइट सोडामा धेरै प्रकारका हानिकारक रसायन पाइन्छ । जसका कारण रगतमा चिनीको मात्रा बढाउँछ ।
यसले शरीरमा बोसोको मात्रा बढ्छ । शरीरमा बोसो जम्मा भएर बस्न थाल्छ । डाइट सोडामा पाइने केमिकलले क्यान्सरको जोखिम बढाउँछ ।