काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ४८ अर्ब २० करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा १८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४० अर्ब ८४ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
त्यस्तै, कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा १८.८४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४० अर्ब ११ करोड २ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड २३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७५ करोड ४४ लाख रुपैयाँ रहेको छ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा २ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। यो अघिल्लो आवको तुलनामा १९.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ९५ अर्ब ७ करोड रुपैयाँ थियो।
९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६.६८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.७५ रुपैयाँ, पीई रेसियो ११५.६८ गुणा रहेको छ।