0
Shares
काठमाडौं । अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको शिखर वार्ता गर्न रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको छ ।
अमेरिकी भूभाग अलास्कामा हुने शिखर वार्तामा सहभागी हुन रुसबाट पुटिन नेतृत्वको टोली अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरिसकेको फ्लाइट ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार २४मा उल्लेख गरिएको छ ।
महाशक्ति राष्ट्रका दुई शीर्ष नेताबीच शुक्रबार अमेरिकी राज्य अलास्कामा भेटवार्ता गर्ने तय भएको थियो । ट्रम्प र पुटिनको भेटवार्तामा रुस र युक्रेनबीच तीन वर्षदेखि हुँदै आएको युद्धका विषयमा केन्द्रित हुने अपेक्षा छ ।
ट्रम्पसँगको वार्तापछि पुटिनले संयुक्त पत्रकार सम्मेलनमार्फत समझदारी र सहमतिको खाका सार्वजनिक गर्ने छन् ।