बीवाईडी एटो-२ आगामी नाडा अटो शोमा सार्वजनिक ‍हुँदै

0 Shares

काठमाडौं। बीवाईडी एटो–२ आगामी नाडा अटो शोमा सार्वजनिक हुने भएको छ। नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा एटो–वान सार्वजनिक गर्ने योजना बनाएको हो।

नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ मा एटो–वान लन्च गरेको कम्पनीले नाडा अटो शो २०२५ मा एटो–२ मोडल सार्वजनिक गर्ने जनाएको छ। उक्त गाडी नेपाली बजारमा भने भित्रिसकेको छ।

एटो–२ बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको हो। यसको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा रहेको छ। बीवाईडी एटो–२ मा ४१.१ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिइएको छ। डब्लुएलटीपीअनुसार यो गाडीले एक पटको फुल चार्जमा ३१२ किलोमटिर रेन्ज दिनेछ।

यसको लम्बाइ ४३१० एमएम, चौडाई १८३० एमएम र उचाई १६७५ एमएम रहेको छ। यसमा १४३० लिटरको बुट स्पेस पाउन सकिन्छ। यसमा १७ इन्चको अलोय ह्वील, १०.१ इन्च वा १२.८ इन्चको घुम्ने इन्फोटेनमेन्ट स्क्रिन, ६ वटा एयरब्याग, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा लगायतका फिचरहरु यसमा छन्।

सम्बन्धित समाचार