ट्रम्पले औषधिमा २५० प्रतिशत कर लगाउने, भारतमाथि थपे भन्सार शुल्क

0 Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य वस्तुमा लगाइने भन्सार शुल्क आगामी चरणमा २५० प्रतिशतसम्म पुग्न सक्ने बताएका छन् ।

उनले विदेशी अर्धचालक (सेमिकन्डक्टर) सामग्रीमा पनि नयाँ शुल्क लगाउने तयारी भइरहेको जानकारी दिए ।

सीएनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले प्रारम्भमा औषधिमा सानो दरको शुल्क लगाइने भए पनि आगामी एक वर्षदेखि डेढ वर्षभित्र त्यसको दर १५० प्रतिशत र त्यसपछिका चरणमा २५० प्रतिशतसम्म पुग्ने अपेक्षा गरिएको बताएका हुन् ।

‘हामी सुरुमा औषधिमा सानो शुल्क लगाउँदै छौँ,’ ट्रम्पले भने, ‘तर एक वर्ष वा डेढ वर्षभित्र यो १५० प्रतिशत हुन्छ र पछि २५० प्रतिशत पुग्छ, हामी चाहन्छौँ कि औषधि अमेरिकामै उत्पादन होउन् ।”

उक्त अन्तर्वार्तामा उनले भारतमाथि पनि आयात शुल्क निकै उल्लेखनीय मात्रामा बढाउने योजना रहेको बताएका थिए । राष्ट्रपतिले यो निर्णय २४ घण्टाभित्र लागू हुन सक्ने संकेत दिए ।

सम्बन्धित समाचार