0
Shares
काठमाडौँ । नेपाली बजारमा आज बिहीबा। सुन र चाँदी दुवैको भाउ उल्लेख्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले उपलब्ध गराएको जानकारी अनुसार बिहीबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बुधबार १ हजार ४०० रुपैयाँले बढेर १ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ४० रूपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार २७० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन चाँदी २ हजार ३१० रुपैयाँ प्रतितोलाको दरमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔस ३२९७ दशमलव ३० डलर तथा चाँदी प्रतिऔस ३७ दशमलव २४ डलरमा किनबेच भएको छ ।