गोली प्रहार गरी लागुऔषध कारोबारी पक्राउ

0 Shares

काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई पक्राउ गरेको छ । लागूऔषध खैरो हिरोइनसहित उनलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत वीरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका ४ कुसण्डीमा रोक्न खोजेको थियो ।

उनी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको हो ।

सम्बन्धित समाचार