0
Shares
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधि रही वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिवेञ्चर” नामको रु.१ अर्व रकम बराबरको १०,००,००० कित्ता ऋणपत्रहरु बाँडफाँड भएको छ । आज निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडमा ऋणपत्र बाँडफाँड भएको हो।
क्यापिटलका अनुसार उक्त ऋणपत्र खरिदका लागि उत्साहजनक रुपमा ५.९५ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो । कूल निष्काशित रकमको ६० प्रतिशत व्यक्तिगत तवर (Private Placement ) र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याईएको थियो ।
यी ऋणपत्र असार ३२ देखि साउन ४ गतेसम्म निष्काशन गरिएको थियो ।