आईसीसी यू-१९ विश्वकप : नेपाललाई भारतले दियो २९८ रनको लक्ष्य

0 Shares

काठमाडौं । भारतका सचिन दास र उदय सहारानको शतकमा आईसीसी यू-१९ विश्वकपमा नेपालले २९८ रनको लक्ष्य पाएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनाएको हो ।

भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको शतकीय इनिङ खेले । उनी गुल्शन झाको ४८ औँ ओभरको चौथो बलमा मिडविकेटमा क्याच आउट भए ।

एक समय १४ ओभरमा ६२ बनाएर ३ विकेट गुमाएको भारतलाई चौथो विकेटका लागि उदय र सचिनले २१५ रनको दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफल बनाए ।

कप्तान उदय १०७ बलमा ९ चौकासहित १०० रन बनाए । उदय खेल इनिङ सकिनुभन्दा दुई बलअघि सुभाष भण्डारीबाट क्याच आउट भएका थिए ।

भारतले ओपनर आदर्श सिंहले २१ रन बनाए । त्यसपछि आर्शिन कुलकर्णी १८ र प्रियान्शु मोलिया १९ रन बनाए आउट भए ।

नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए । सुभाष भण्डारीले १० ओभरमा ५५ रन खर्चिए ।

सम्बन्धित समाचार