0
Shares
काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले लघु बिमालाई पुनरावलोकन गरेर जाने बताएका छन । मंगलबार बिमा प्राधिकरणको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा अध्यक्ष ओझाले यस्तो बताएका हुन् ।
‘लघु बिमाका सन्दर्भमा हामिले पुनरावलोकन गरेर जाने काम हुनेछ । यसमा सबैमा सहज हुने ढंगमा काम हुनेछ’ उनले भने, ‘नीति तथा कार्यक्रमको समिक्षा र कार्यान्वयनका विषयमा पनि आगामि दिन हुँदै जानेछ ।
उनले प्राधिकरणको निति तथा कार्यक्रमबारे आगामी दिनमा समिक्षा गरेर अगाडि जाने बताए । यस्तै उनले कोरोना बिमाका विषय भने नेपाल सरकारसग जोडिएको विषय भएको बताए ।