0
Shares
काठमाडौं । इरानले इजरायलतर्फ मिसाइल प्रहार भएको बताएको छ । योसँगै इजरायलका विभिन्न क्षेत्रमा साइरन बजाइनुको साथै हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय गरिएको इजरायल डिफेन्स फोर्सेस (आईडीएफ)ले जनाएको छ ।
हाल इजरायली वायुसेनाले आवश्यक स्थानमा मिसाइल अवरुद्ध गर्न र खतरा न्यूनीकरण गर्न सक्रिय रूपमा कारबाही गरिरहेको छ ।
केही घण्टाअघि इरानी विदेशमन्त्री अब्बास अराघ्चीले इजरायलले बिहान ४ बजेसम्म आक्रमण रोक्ने हो भने इरानले पनि जवाफी कारबाही नगर्ने बताएका थिए ।
त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायलबिच “पूर्ण र सम्पूर्ण” युद्ध विराममा सहमति भएको दाबी गरेका थिए ।