अमेरिकी सैन्य अखडामा इरानले गर्यो आक्रमण, जोखिममा नेपाली

0 Shares

काठमाडौं। इरानले अमेरिकी सैन्य क्याम्पमा हमला गरेको छ । कतारमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण सुरु गरेको इरानको सरकारी टेलिभिजनले जनाएको हो ।

कतारको राजधानी दोहामा विस्फोटको आवाज सुनिएको साथै आकाशमा ज्वाला देखिएको अल जजिराले जनाएको छ ।

पश्चिम एसियाका अनेकौँ मुलुकमा ४० हजारभन्दा बढी अमेरिकी सैनिक तैनाथ छन् । इरानका आणविक केन्द्रहरुमा अमेरिकाले आक्रमण गरेलगत्तै उसले बदला लिने आकलन गरिएको थियो ।

यस कारण अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई सोमबार बाहिर ननिस्किन भनेका थिए ।कतारले पनि आफ्नो आकाशमा उडान रद्द गरेको थियो । यस देशमा लाखौं नेपाली रोजगारीको खोजीमा छन् । एजेन्सी

सम्बन्धित समाचार