युके पठाइदिने भन्दै ३८ जनासँग ११ करोड ठगी गर्ने दुई जना पक्राउ

0 Shares

काठमाडौं । युके पठाइदिने भन्दै ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका १० घर भएका ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषाको सबेला नगरपालिका १२ घर भएका ४७ वर्षीय अरुणराज शर्मा छन् ।

उनीहरू दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । उनीरूलाई नरेफाँटबाट २५ जेठमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले युके पठाउने भन्दै ३८ जनाबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । पक्राउ परकोलाई थप अनुसन्धानसँगै कारबाही गर्न वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

सम्बन्धित समाचार