क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

0 Shares

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा कम्पनीको रजिस्टर्ड कार्यालय सुर्खेतमा सफलतापूर्वक सम्पन्न भएको छ । सभाको प्रारम्भमा प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको हालको प्रगति तथा भावी योजनाको जानकारी दिए ।

लगत्तै सभामा संचालक समितिका अध्यक्ष ऋषिराज मोरले आफ्नो मन्तव्यसहित कम्पनीको दोस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाबाट विभिन्न महत्वपूर्ण प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएका छन् ।

संचालक समितिको प्रतिवेदनमाथि सभामा उपस्थित सेयरधनीले सकारात्मक अभिव्यक्ति दिँदै प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको छ । त्यसै गरी लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ आसाढ मसान्तको वासलात आर्थिक वर्ष २०८०/८१ को नाफा रनोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीलाई छलफल पश्चात सर्वसम्मत रूपमा पारित गरिएको छ ।

आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षकको रुपमा जेएन उपाध्याय एण्ड कोलाई नियुक्त गर्ने निर्णयसमेत सभाबाट पारित गरिएको छ । त्यस्तै, सभाले समूह “ख”अन्तर्गत सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा ईश्वरलाल श्रेष्ठ र सुनिता महर्जन निर्विरोध निर्वाचित गरेको छ ।

सभाको समापनमा संस्थाका अध्यक्ष मोरले नवनिर्वाचित संचालकलाई बधाई ज्ञापन गर्दै उपस्थित सम्पूर्ण सेयरधनी, नियामक निकायका प्रतिनिधि तथा अतिथिप्रति आभार व्यक्त गरे ।

उनले कम्पनीको भविष्यतर्फ केन्द्रित रणनीति र संस्थागत सुशासनमा प्रतिबद्धता दोहोर्‍याउँदै सभा विसर्जनको घोषणा गरेका थिए ।

सम्बन्धित समाचार