काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाको सर्वोच्च अदालतको फैसला शान्ति प्रक्रियाको विपरीत फैसला भएको बताएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले उपाध्यक्ष सापकोटाको फैसलाले राम्रो सन्देश नदिएको निर्णय गरेको हो ।
पार्टी उपमहासचिव एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको फैसलाले शान्ति प्रक्रिया विपरीत फैसला भएको जानकारी दिए । शर्माले भने, ‘नेपालको शान्ति प्रक्रिया टुंगोमा लगाउन टिआरसी निर्माणसंगै पदाधिकारी चयन भई सकेका छन्, अदालतको फैसलाले शान्ति प्रक्रिया भाँड्ने वा द्वन्द्व निम्त्याउने खतरा देखियो ।’
बुधबार सर्वोच्च अदालतले सापकोटाको विषयमा उत्प्रेषण जारी गर्ने निर्णय गरेको थियो । सर्वोच्चको पूर्णपाठ नआएकाले के हन्छ? भन्नेबारे अहिलै भन्न नसकिने कानुनका जानकार बताउँछन् । सापकोटालाई तत्कालीन जनयुद्धमा काभ्रेका अर्जुन लामा हत्या गरेको अभियोग लागेको छ ।
यस्तै माओवादी पदाधिकारी बैठकले योङ कम्युनिस्ट लिग(वाइसिएल)को नेतृत्व चयन सर्वसम्मत रुपमा गर्न निर्देशन दिएको उपमहासचिव शर्माले बताए । अहिले वाइसिएलको तेस्रो राष्ट्रिय सम्मेलन प्रज्ञा भवन कमलादीमा तीन दिनदेखि जारी छ । अब पार्टीले निर्वाचनमा नगएर सर्वसम्मत नेतृत्व चयन गर्ने निर्णय गरेपछि निर्वाचन नहुने देखिएको छ ।