काठमाडौं । व्यवसायीले आन्दोलन गरी सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई आज पनि सेवा दिँदै काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ ।
प्रहरी प्रधान कार्यालयले विभिन्न दुई वटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ ।

नक्सालबाट बालुवाटार, महाराजगञ्ज, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्ने छ ।
यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगञ्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्ने छ । तस्बिर- नेपाल प्रहरी



सरकार र यातायात व्यवसायीबीच सहमतिको नजिक, अपराह्नसम्म सवारी साधन चल्न सक्ने
सरकार र यातायात व्यवसायीबीच छ बुँदे सहमति, आन्दोलन स्थगित नहुने