काठमाडौं । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट भारतको मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीले बताएका छन् ।
४४ वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्प ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार राति एक विज्ञप्तिमा बताएको छ । ‘थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ,’ भन्सारले भन्यो ।
कुनै विवरण सार्वजनिक नगरिएका ती यात्रुसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर पाँच एसियाली कछुवा पनि थिए । यी भाइपर विषालु हुन्छन् । तर सामान्यतया चरा जस्ता साना शिकारलाई मात्र लक्षित गर्दछन् ।
मुम्बई भन्सारले जफत गरिएका सर्पका तस्बिर सार्वजनिक गरेको छ । तस्बिरमा बाल्टिनमा घुमिरहेका नीलो र पहेँलो सरीसृपहरू समावेश छन् ।
नोभेम्बरमा भन्सार अधिकारीले थाइल्यान्डबाट आइपुगेका विमानहरूमा १२ वटा कछुवा र एक महिनाअघि चार वटा हर्नबिल चराहरू बोकेका यात्रुलाई समातेका थिए । सेप्टेम्बरमा, अलिगेटर परिवारमा पर्ने एउटा सरीसृप, पाँच किशोर कैमन्ससहित दुई यात्रुहरूलाई पक्राउ गरिएको थियो ।