0
Shares
काठमाडौं । सरकारले आगामी वर्ष चिकित्साशास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्दै चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि लगाइएको जानकारी दिए ।
‘चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ,’ पौडेलले भने । सरकारले निमार्णको क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वा धार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको छ ।