सांसदको घरमा अख्तियारको छापा, सांसद फरार-स्वकीय सचिव पक्राउ

0 Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सांसदको घरमा छापा मारेको छ । अख्तियारले सांसद सरोजसिंह कुशवाहाको घरमा छापा हानेको हो ।

महोत्तरी क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित कुशवाहाको घरमा छापामारी गरी उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

स्रोतका अनुसार उनको घरबाट विभिन्न योजनाका कागजातसमेत नियन्त्रणमा लिएको छ । सांसद कुशवाहा सम्पर्कविहीन बनेका छन् ।

सांसद कुशवाहाको भागमा परेको योजना बिक्री गरेको गोप्य सूचनाका आधारमा अख्तियारबाट खटेका टोलीले छापा मारेको जनाएको छ । उनी मधेस प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुन राज्य मन्त्रीसमेत हुन् ।

सम्बन्धित समाचार