काठमाडौं। लामो समयको प्रतिक्षापछि नेपालमा महिन्द्रा बीई–६ र एक्सईभी–९ ई नेपाल आएको छ। महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले बीई–६ र एक्सईभी–९ ई नेपाल ल्याएको हो।
कम्पनीले महिन्द्रा बीई–६ र एक्सईभी–९ ई दुई मोडलको ईभी भन्सार प्रयोजनका लागि मूल्य सार्वजनिक गरेको छ। कम्पनीले यी दुवै मोडलको मूल्य सार्वजनिक गरेर गाडी नेपाल आएको जानकारी दिएको हो।
यसअनुसार महिन्द्रा बीई–६ का दुई भेरियन्ट नेपाली बजारमा उपलब्ध हुने छन्। कम्पनीले बीई–६ लाई ५९ किलोवाट आवरको ब्याट्री अप्सनको मूल्य ७६ लाख ३० हजार र ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टको मूल्य ८३ लाख ८० हजार रुपैयाँ तोकेको छ। दुवै भेरियन्ट ९९ किलोवाट पीक पावर भएको इलेक्ट्रीक मोटरमा उपलब्ध हुनेछ।
त्यसैगरी एक्सईभी–९ ई का तीन भेरियन्ट नेपालमा उपलब्ध हुनेछन्। यी तीन भेरियन्टको मूल्य क्रमशः ७७ लाख ६५ हजार, ८७ लाख १५ हजार र १ करोड ७ लाख रुपैयाँ हुनेछ। यद्यपि लन्चिङ समयसम्ममा यो मूल्यमा केही परिवर्तन पनि हुन सक्छ।
दुवै गाडीमा ९९ किलोवाटको मोटर छ भने एक्सईभी–९ ईको एउटा भेरियन्टमा १९९ किलोवाटको मोटर छ।