सर्वोत्तम सिमेन्टको लाभांश सहित साधारण सभा आह्वान

0 Shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश सहित साधारण सभा आह्वान गरेको छ। चैत २० गते दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।

बैठकको निर्णयानुसार सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोडको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको हो ।

सभा वि.सं २०८१ बैशाख १२ गते बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार