प्रभु महालक्ष्मी लाइफको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्री खुल्यो

0 Shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सात लाख ३८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ ।

सेयर खरिद गर्न चाहने संस्थापक सेयर धनीले आजदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा खरिद परिमाणसहितको आवेदन दिनुपर्ने छ ।

तोकिएको समय संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार