सिटी र आर्सनल रोकिँदा लिभरपुललाई फाइदा

0 Shares

काठमाडौँ । उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र आर्सनलले गोलरहित बराबरी खेलेपछि अर्को प्रतिस्पर्धी टोली लिभरपुललाई फाइदा पुगेको छ । आइतबारको नतिजापछि आर्सनल र सिटीलाई उछिन्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको हो ।

यसअघि ब्राइटनविरुद्ध पुनरागमन गर्दै लिभरपुलले २–१ को जित हासिल गरेको थियो । ड्यानी वेलब्याकले खेलको दोस्रो मिनेटमा नै ब्राइटनलाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, २७ औँ मिनेटमा लुइस डियाजले बराबरी गोल फर्काए । ६५ औँ मिनेटमा मोहम्मद शालाहले गोल गर्दै टोलीको पुनरागमन पूरा गरे ।

२९ खेलपछि लिभरपुलको ६७ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आर्सनलको ६५ अङ्क छ भने सिटी ६४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार