काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक एनआईएमबि क्यापिटलले आज फागुन २३ गते शुक्रबार बिहान साढे आठ बजे आईपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओमा मागभन्दा उच्च आवेदन परेका कारण गोलाप्रथबाट शेयर बाँडफाँड गरिएको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार कम्पनीको आईपीओ १ लाख ८४ हजार ५०० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी १६ लाख २२ हजार २६२ जना आवेदकको हात खाली भएको छ । यो आईपीओ पाउन योग्य आवेदक संख्याको ८९.७९ प्रतिशत बराबर हो । कम्पनीके आईपीओ १०.२१ प्रतिशत (९८ जनामध्ये १० जना) आवेदकले मात्र हात पारेका हुन् ।
कम्पनीको आईपीओमा कुल १८ लाख १७ हजार १४८ जनाले आवेदन दिएका थिए। जसमध्ये कुल १८ लाख ६ हजार ७६२ जनाको आवेदन मात्र सदर भएको छ । रितपुर्वक आवेदन नपरेका कारण १० हजार ३८६ ओटा आवेदन रद्द भएका छन् ।
बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको नतिजा केही समयपछि हेर्न सकिने छ।
कम्पनीले फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई २ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ मै शेयर निष्काशन गरेको हो।
कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं।१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।