बजाजको एक्सचेन्ज मेला बालाजुमा

0 Shares

काठमाडौँ । हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज ग्राण्ड एक्सचेन्ज मेला सुरु गरेको छ । फागुन २० देखि २६ सम्म बालाजुस्थित मनकामना ट्रेड लिङ्कमा एक्सचेन्ज मेला सुरु भएको हो । ग्राण्ड एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्नो साधन अपग्रेड गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

बालाजु पेट्रोल पम्पको उत्तरपट्टी कैलाश सिनेमा हल अगाडि रहेको मनकामना ट्रेड लिङ्कमा एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ । एक्सचेन्ज मेलामा नागरिकताको आधारमा सजिलै बजाज मोटरसाइकल खरिद गर्न सक्ने, कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सकिने कम्पनीले जानकारी दिएको छ । मेलामा अतिरिक्त १० हजार भ्यालुएसन दिने कम्पनीले जानकारी दिएको छ ।

अन–द–स्पट फाइनान्स सुविधा अन्तर्गत ९।९९ प्रतिशत ब्याजदर र ३६ महिनासम्मको किस्ता अवधिका साथ बाइक किन्न सकिने र एक्सचेन्ज मेलामा सात हजारसम्मको नगद छुट पाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार