बाढीले बगाएको सुन लुकाएर राखे, धनीले प्रहरीलाई भनेपछि पक्राउ परे

0 Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएको गहना फेला पारेर लुकाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारका ३५ वर्षीया रामबहादुर तामाङ रहेका छन् ।

बाढीले नुवाकोटको विदुर नगरपालिका १ त्रिशुली बजारमा लिलाबहादुर बोगटी घर बगाउँदा बगेका गहना भदौ ११ गते तामाङले फेला पारेको प्रहरीले जनाएको छ । यसबारे गहना धनीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बरामद गहनामा सुनको जस्तो देखिने तीन थान बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, दुई थान मंगलसूत्र र चाँदीको जस्तो देखिने दुई जोर पाउजु रहेको छ ।

सम्बन्धित समाचार