क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँड

0 Shares

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।

कम्पनीले गत माघ १५ गतेदेखि २९ गतेसम्म निष्कासन गरेको आईपीओ फागुन ५ गते निष्कास तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको परिसरमा बाँडफाँड भएको हो । उक्त आईपीओमा रितपूर्वक आवेदन दिने ४७ हजार ५१६ आवेदकमध्ये २२ हजार ५०० जनालाई धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको एनआईएमबी एस क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्कासनका लागि अनुमति पाएको कुल २२ लाख ५० हजार कित्ताको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहि रहेका नेपाली नागरिकहरुको लागि निष्कासन गरेको थियो ।

बाँडफाँडमा परेका शेयरहरुको विवरण निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलको वेबसाइट अथवा सिडीएससीबाट सञ्चालित वेबसाइटबाट हेर्न सकिन्छ ।

सम्बन्धित समाचार