काठमाडौँ । बुधबार अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा रहेको छ ।
यसैगरी, बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३१ पैसा र बिक्री दर १६९ रुपैयाँ ०७ पैसामा कारोबार भइरहेको छ । यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १८ पैसा र बिक्री दर ८७ रुपैयाँ ५८ पैसा रहेको छ । बुधबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १७ पैसा र बिक्री दर २८ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४५ पैसा र बिक्री दर ३५ रुपैयाँ ६१ पैसा रहेको छ । बुधबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९७ पैसा छ ।