एनपीएलमा दीपेन्द्रले पाएको कारको कर सारदा ग्रुपले दिने

0 Shares

काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले यसै हप्ता सम्पन्न गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को उत्कृष्ट खेलाडी दीपेन्द्र सिंह ऐरीले कार पाए । उनले पाएको ओमोडाको ई ५ कारको १४ लाख रुपैयाँ राजश्व सारदा ग्रुपले दिने भएको छ ।

कारको बजार मूल्य ५५ लाख ९९ हजार छ। पुरस्कारबापत पाएको उक्त कारको २५ प्रतिशत राजस्व सरकारलाई बुझाउनु पर्ने हुन्छ । सारदा ग्रुपले क्रिकेटर ऐरीले पाएको कारको २५ प्रतिशत राजस्व सरकारलाई दिने जनाएको हो ।

कारको बजार मूल्यअनुसार २५ प्रतिशत राजस्व १३ लाख ७५ लाख २५० रुपैयाँ हुन आउँछ । ऐरीले प्रतियोगितामा देखाएको उत्कृष्ट प्रदर्शनले कार पुरस्कार पाएका हुन् । उनले कूल ९ खेल खेल्दै २२७ रन बनाएका थिए । साथै, ९ विकेट लिए ।

एनपीएल २०२४ को पहिलो संस्करण ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार