0
Shares
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको पाइएकोले यसप्रति सचेत रहन ग्राहक सबैमा हार्दिक अनुरोध गरेको छ ।
आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर ५ हजार रुपैयाँसम्मको नगद तथा उपहारको व्यवस्था गरेको नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भैरहेको नेपाल टेलिकमले जनाएको हो ।
कम्पनीको आधिकारिक ब्लुटिक सहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाका बारेमा अद्यावधिक हुन कम्पनीले आग्रह गरेको छ ।