लोकेशको आक्रमक पारीमा सोमपालको तगारो, कर्णालीको लगातार दोस्रो जित

0 Shares

काठमाडौं । कर्णाली याक्सका कप्तान सोमपाल कामीले अलराउण्ड प्रर्दशन गरेसँगै विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको छ । जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णालीले लगातार दोस्रो जित निकालेको हो ।

विराटनगरले दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले एक बलअगावै पूरा गरेको हो । कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गरेको थियो ।

विराटनगरले एनपीएलमा लगातार दोस्रो हार व्यहोरेको छ । विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो ।

कर्णालीका कप्तान कामीले शानदार इनिङ्स खेल्दै ३२ बलमा ६२ रनमा नटआउट रहे । यस्तै, गुलशन झा २८ रनमा अविजित रहे । पवन सर्राफले ३६ तथा दीपक डुम्रेले २० रनको योगदान दिए ।

बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन तथा चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक-एक विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए ।

बलिङमा सोमपालले चार विकेट लिए । नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिएका थिए ।

सम्बन्धित समाचार