घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

0 Shares

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से, यस साताको बुधबार अर्थात हिजो करिब ४६ अंक बढेपनि यस दिन पुनः घटेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक ३३.४२ अंक घटेर २६८२.२९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ६.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०४ स्टकको ६७ हजार १२८ पटकको कारोबारमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार रुपैयाँबराबरका १ करोड २३ लाख ७१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने आरबिबि म्युचुअल फण्ड २ को इकाईमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन जानकी फाइनान्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो फाइनान्सको शेयरमूल्य यस दिन ९५ रुपैयाँ ६० पैसा घटेर ८६१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन इंगवा हाइड्रोपावरको शेयरमूल्य करिब साढे ६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जानकी फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २६ करोड १२ लाख १४ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सर्वोत्तम सिमेन्टको साढे २१ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने जोशी हाइड्रोपावरको कारोबार रकम १५ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २।६४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

सम्बन्धित समाचार