मर्मत सम्भारका लागि मनकामना केबलकार चैत ७ गते बन्द रहने

0 Shares

काठमाडौँ । मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । यहि चैत ७ गते, बुधबार केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ ।

नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्न लागिएको हो । केबलकार सेवा बन्द रहे पनि केबलकारको तल्लो स्टेशनमा रहेको रेष्टुरेण्ट भने नियमित सञ्चालनमा रहने छ ।

केबलकारको नियमित सेवा चैत ८ गते, बिहिबार देखि पुनःसञ्चालनमा आउने छ ।

सम्बन्धित समाचार